१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवतीको अण्डदानी नलीमा एक किलोको ट्युमर, गुल्मी अस्पतालद्वारा सफल शल्यक्रिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:३५:oo

गुल्मी अस्पताल तम्घासमा धमाधम जटिल शल्यक्रिया हुन थालेका छन् । पछिल्लो समय अस्पतालले एक युवतीको अण्डदानी नलीको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

मुसिकोट नगरपालिका– २ की २० वर्षीया युवतीको करिब एक किलोको ट्युमरको शल्यक्रिया गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । 

पेट दुखेपछि ती युवती दुई हप्ताअघि गुल्मी अस्पताल तम्घास आइन् । उनी अविवाहित थिइन् । तर, पेट अस्वाभाविक ठूलो र गर्भवतीको जस्तै देखिन्थ्यो । अस्पतालका डाक्टरहरूले युवतीको पेटको भिडियो एक्सरे र पिसाब जाँच गरे ।

एक्सरे  रिपोर्टमा पेटभित्र मासुको डल्लोजस्तो आकारमा ट्युमर भएको पत्तो लाग्यो । शल्यक्रियाबाहेक उपचारको अर्को विकल्प थिएन । सुरुमा परिवारलाई अवस्था र उपचारको बारेमा जानकारी मात्रै दिएको पच्याले बताए ।

युवतीलाई पीडाले च्याप्दै थियो । ट्युमर ठूलो र अण्डादानी नलीमा भएकाले डाक्टरहरूलाई शल्यक्रियामा ठूलो जोखिम थियो ।

करिब दुई हप्तासम्म युवतीको परिवार र डाक्टरहरूले सल्लाह गरे । परिवारको सल्लाहपछि भर्खरै अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डाक्टर पच्याले बताए ।

युवतीको शल्यक्रिया सफल भयो । पेटमा लामो समय रहेको करिब एक किलोको मासुको डल्लो डाक्टरहरूले निकाले । शल्यक्रिया सफल भएपछि परिवार पनि खुसी भए । 

गुल्मी अस्पतालमा अहिलेसम्म यस्तो प्रकारको रोगको उपचार अर्थात् शल्यक्रिया भएका थिएनन् । नागरिकलाई यसको उपचार र शल्यक्रियाका लागि पाल्पा वा बुटवल जानुपर्ने बाध्यता थियो ।

अहिले युवती अस्पतालबाट डिस्चार्जसमेत भएको अस्पतालका सूचना अधिकारी डाक्टर दिभक बस्यालले जानकारी दिए । केही समयअघि पनि गुल्मी अस्पतालमा ८१ वर्षीया दुईजना वृद्धको हर्नियाको सफल शल्यक्रिया गरिएको थियो ।

पाठेघरबाहिर गर्भाधान भएर अण्डबाहिनी नली फुटेका दुई महिलाको पनि सफल शल्यक्रिया गरिएको बस्यालले बताए । त्योबाहेक जटिल प्रकारका प्रसूतिको र एपेन्डिक्सको पनि अस्पतालमा थुप्रै सफल शल्यक्रिया भएका छन् । 
 
 

ad
ad