१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २३ शुक्रबार २०:३४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरुषको मृत्यु, मृत्युपछि कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ श्रावण २३ शुक्रबार २०:३४:००

नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगन्ज-३ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्युु भएको छ । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार शुक्रबार बिहान कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उनको मृत्यु भएको हो । बिहानै मृत्यु भए पनि उनको पिसिआर परीक्षण रिपोर्ट शुक्रबार साँझ आएको हो । रिर्पोटमा पोजेटिभ आएको डा. सिंहले बताए ।

मृतक विहीबार राती स्वास लिन गाह्रो भएपछि एडभान्स अस्पतालमा गए पनि अक्सिजन नपुगेपछि चिकित्सकहरूले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लैजान सल्लाह दिएका थिए । मृतकका आफन्तका अनुसार एडभान्स अस्पतालबाट त्यहाँ लग्दा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले भर्ना गर्न नमानेपछि कोभिड अस्पतालमा ल्याएका थिए ।  

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो ।