Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १९:४६:००
समाचार

जसपा बैठक भोलि सकिने 

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २३ शुक्रबार १९:४६:००

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारणी समितिमा शुक्रबार समायोजन निर्देशिकामाथि छलफल भएको छ । सात वटा एजेन्डा प्रस्तुत गरिएको जसपाको पहिलो कार्यकारणी समिति बैठकमा शनिवार कार्यविभाजनसहितका एजेन्डामाथि छलफल हुने र शनिवार नै बैठक सकिने जसपाका नेताहरूले बताएका छन् ।

शुक्रबारको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी संगठनको बरेमा जानकारी गराएका थिए । त्यसपछि समायोजन निर्देशिकामाथि छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले बताए । विहीबारको बैठकमा  पार्टीका अध्यक्ष महन्थ ठाकुर अनुपस्थित भएपछि एजेन्डामाथि छलफल हुन सकेको थिएन । ठाकुर स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा. बाबुराम भटराईले नेपालको वर्तमान रानीतिक अवस्था र लोकतान्त्रिक समाजवादको बरेमा प्रस्तुती दिएका थिए । 

नेता कर्णका अनुसार शुक्रबारको बैठकमा समायोजन निर्देशिकासँगै पार्टीको आचाररण र व्यहवारसम्बन्धी आचार संहितामाथि समेत छलफल भएको छ । सात ओटा एजेन्डामा समायोजन निर्देशिका र पार्टीको कार्यविभाजन महत्वपुर्ण मानिएको छ । नेता कर्णले बैठक धेरै नलम्बयाउन र भोलि सकिने गरि तयारी भइरहेको बताए । उनले भोलि कार्यविभाजनसहित अन्य बाँकी एजेन्डामाथि छलफल भएर बैठक सकिने बताए ।