Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
२०७७ असार २८ आइतबार ०७:०२:००
दृष्टिकोण

टिकटकमा प्रतिबन्ध अमेरिकी प्रतिष्ठामा धक्का

टिकटकको डाटा सेन्टर सबै नै चीनबाहिर छन्, त्यसैले अमेरिकी प्रयोगकर्ताको तथ्यांक चीन पुग्छ भन्ने दाबीमा कुनै सत्यता छैन

२०७७ असार २८ आइतबार ०७:०२:००

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक प्रतिबन्ध लगाउनेबारे सोचिरहेको बताए । नोवल कोरोना भाइरसका लागि चीनलाई सजाय दिलाउने ‘धेरै विकल्पमध्ये यो पनि एक’ भएको ट्रम्पले भने । ट्रम्पको यस्तो टिप्पणी आएको एक दिनअघि नै अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले अमेरिकाले टिकटकलगायत चिनियाँ सोसल मिडिया एप प्रतिबन्ध लगाउनेबारे ‘विचार गरिरहेको’ बताएका थिए । पोम्पेओले चिनियाँ एप डाउनलोड गर्ने मानिसका ‘निजी सूचनाहरू चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने’ दाबीसमेत गरे । 

अमेरिकी राजनीतिक नेताले टिकटकविरुद्ध चेतावनी दिएको यो पहिलो प्रसंग भने होइन । छोटा–छोटा भिडियो सेयर गर्न मिल्ने यो एपको निर्माता कम्पनीले अमेरिकामा काम गर्न विभिन्न अवरोध सामना गरिरहेको छ । केही मानिस चीनले पनि त गुगल, फेसबुकजस्ता अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाएको तर्क गर्छन् । तर, त्यो बिलकुल फरक प्रसंग हो र दुईबीच तुलना गर्न सकिँदैन ।

चीनले गुगललगायत अमेरिकी कम्पनीलाई चिनियाँ मूल भूमिमा सञ्चालन गर्नका लागि चिनियाँ कानुन तथा नियमन स्विकार्न आग्रह गरेको छ, जुन अस्वाभाविक माग पनि होइन । तथापि गुगल सन् २०१० मा चीनबाट बाहिरियो । त्यस समय उसले ‘आफ्नो वेबसाइटका सर्च परिणाम थप सेन्सर गर्न तयार नरहेको’ बताएको थियो । 

टिकटकलगायत अन्य चिनियाँ सोसल मिडिया एपमाथिको सम्भावित अमेरिकी प्रतिबन्धले उसको विभेद र आत्मविश्वासको कमीलाई उजागर गरिदिएको छ, फेरि यो कदम अमेरिकाले वकालत गर्ने गरेको खुलापनको सिद्धान्तविरुद्ध पनि छ । 

जहाँसम्म टिकटकको कुरा छ, उसले अमेरिकी कानुन पालना गरेको छ । टिकटकको सञ्चालक कम्पनीले अमेरिकी प्रयोगकर्ताको तथ्यांक अमेरिकामै रहने बताएको छ । टिकटकको डाटा सेन्टर सबै नै चीनबाहिर छन् । त्यसैले अमेरिकी प्रयोगकर्ताका तथ्यांक चीन पुग्छ भन्ने दाबी सही छैन । मे महिनामा टिकटकले अमेरिकी वाल्ट डिजी कम्पनीका पूर्वस्ट्रिमिङ एक्जेक्युटिभ केभिन मेयरलाई कम्पनीको सिइओमा नियुक्त ग¥यो । यति संयसमत तथा कानुनसम्मत हुँदा पनि टिकटकले अमेरिकामा ठूलो अनिश्चितता सामना गरिरहेको छ । अहिले आएर अमेरिका चीन र ऊसँग जोडिएका हरेक कुरासँग निकै असहिष्णु बन्दै गएको छ । 

चीनमा प्रतिबन्ध रहेका प्रविधि कम्पनीहरूलाई पनि चिनियाँ कानुन पालना गरे काममा फर्किन दिने चीनले बताइरहेको छ । सन् २०१८ मा गुगलले अलग संस्करणको सर्च इन्जिनसहित चिनियाँ बजारमा फर्किने तयारी गरेको पनि थियो । तर, पछि अमेरिकी राजनीतिक दबाबका कारण ऊ पछि हट्न बाध्य भयो । फरक प्रसंगमा अमेरिकी विदेशमन्त्री पोम्पेओले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्धका लागि भारतलाई दबाब दिएका थिए । जबकि चीनले अरू देशको इन्टरनेट प्रयोगसम्बन्धी छनोटमा कहिले हस्तक्षेप गरेको छैन । 

टिकटक अमेरिकामा लोकप्रिय छ । विशेष त त्यहाँका युवा यसका प्रमुख प्रयोगकर्ता हुन् । टिकटक सञ्चालन गर्ने कम्पनीले २०१९ मा उपलब्ध गराएको तथ्यांकअनुसार अमेरिकाका कुल २.६५ करोड टिकटक प्रयोगकर्तामध्ये ६० प्रतिशत प्रयोगकर्ता १६ देखि २४ वर्ष उमेरका छन् । तर, अमेरिकाले एउटा चिनियाँ मनोरञ्जन एप पनि सहन नसकेको देखियो । टिकटकलगायत अन्य चिनियाँ सोसल मिडिया एपमाथिको सम्भावित अमेरिकी प्रतिबन्धले उसको विभेद र आत्मविश्वासको कमीलाई उजागर गरिदिएको छ । त्यसो भए भविष्यमा अमेरिका अमेरिकी कम्पनीका लागि मात्र खुला हुनेछ त ? फेरि यो कदम अमेरिकाको खुल्लापनको सिद्धान्तकै विरुद्ध छ । 

मंगलबार ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने कुरा गरेकै दिन फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोँले परीक्षापछि विद्यालय तह छाड्दै गरेका विद्यार्थीलाई बधाई दिन टिकटकको प्रयोग गरे । अमेरिका अहिले नेतृत्वदायी भूमिकामा देखिँदैन, त्यसैले त उसका परम्परागत मित्रहरूसमेत फरक मार्ग पहिल्याउन लागेका छन् । यदि अमेरिकी सरकार संरक्षणवादी नीतिअन्तर्गतको प्रतिबन्धमा उत्रियो भने त्यो उसले वकालत गर्ने खुला बजारको मूल्यविरुद्धको कदम हुनेछ । अर्थात् यो पश्चगामी कदम हुनेछ । प्रविधिलाई राजनीतीकरण गर्दा अमेरिकाकै प्राविधिक अग्रतामा धक्का लाग्नेछ । चीनमा पछिल्लो समय प्रतिस्पर्धी इन्टरनेट कम्पनीको संख्यामा उलेख्य वृद्धि भएको छ । अमेरिकाले आफ्ना प्रतिद्वन्द्वीमाथि दमनको मार्ग अवलम्बन गर्नुको साटो खुला दृष्टिकोण अवलम्बन ग¥यो भने विगतको जस्तो अग्रता कायम राख्न सक्छ । 

ग्लोबल टाइम्सबाट