१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २ शुक्रबार १७:२६:००
Read Time : < 1 मिनेट
समाचार

सबै ठूला सडकनजिक ट्रमा सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २ शुक्रबार १७:२६:००

सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सरकारले सबै ठूला सडकनजिक ट्रमा सेन्टरको स्थापना गर्ने भएको छ ।

सडक दुर्घटनामा परेर ज्यान गुमाउनु नपरोस् भन्ने अपेक्षाका साथ मूल सडकहरूनजिक ट्रमा सेन्टरहरूको स्थापना गर्न लागिएको हो । ट्रमा सेन्टर स्थापना भएसँग दुर्घटनामा परेकालाई तत्काल जाँचका लागि सहज हुनेछ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डरीले ठूला सडकनजिक ट्रमा सेन्टर स्थापना गर्न लागिएको बताएकी हुन् ।