१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ मङ्सिर २१ शनिबार १९:०७:००
Read Time : < 1 मिनेट
सप्तरंग

चिनियाँ अभिनेत्री सु छिङ बर्दियामा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार १९:०७:००

चिनियाँ तथा हलिउड अभिनेत्री सु छिङ बर्दिया पुगेकी छन् । नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतको रुपमा रहेकी अभिनेत्री छिङ भ्रमणको क्रममा बर्दिया पुगेकी हुन् ।

भ्रमणसँगै पर्यटकीय क्षेत्रको प्रचारका लागि छिङ शनिबार बिहान पुगेको उनकाे सहयोगीले बताएका छन् । उनले बाँसगढी नगरपालिकाको केदारेश्वर धाम, बारबर्दिया नगरपालिकाको सत्खलुवा ताल, ठाकुरबाबा नगरपालिका र बर्दिया राष्ट्रिय निकुञ्ज घुमेकी छन् । बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले उनलाई जिल्लामा स्वागत गरेका थिए ।

यस्तै भुरिगाउँ बजारमा अभिनेत्री छिङलाई स्वागत गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले नगरपालिका र बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा जानकारी गराएका थिए । उनी चीन पुगेर नेपाल भ्रमणकाे प्रचार प्रसार गर्ने बताएकी छन् । उनले भावी दिनमा चिनियाँ नागरिकहरु पनि बर्दिया घुम्न आउने बताइन् ।