मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ भदौ १० मंगलबार १४:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्राविधिक परीक्षणबाट प्रदेश ५ को राजधानी तय हुन्छ : मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
२०७६ भदौ १० मंगलबार १४:४९:००

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्राविधिक परीक्षणका आधारमा राजधानी टुंगो लगाउने बताएका छन् । 

नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री पोख्रेलले राजनैतिक हिसावले धेरैका आफ्नै तर्क र चाहाना भएकाले प्राविधिक मूल्यांकन थालिएको बताए । 

‘राजनैतिक हिसाबले धेरै बिलम्ब ग¥यांै, अब पछि पर्दैनौ,’ उनले भने, ‘विज्ञहरुको सुझावपछि निर्णय गर्नेछौ ।’ उनले यो वर्षभित्र १२ जिल्लाका जनताको भावना र हरेक घरमा दिपावली हुने गरि प्रदेशको नाम र राजधानी टुंग्याउने बताए ।