Skip This
चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एसएसपी खड्कालाई मानव अधिकार आयोगको पत्र 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार १६:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एसएसपी खड्कालाई मानव अधिकार आयोगको पत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १६:२१:oo

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको घटनाको विषयमा बुझ्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका एसएसपी सन्तोष खड्कालाई बोलाएको छ। सोमबार पत्र लेखेर आयोगले उनलाई उपस्थित हुन भनेको हो। 

खड्का नेतृत्वको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई शनिबार राति घरबाटै नियन्त्रणमा लिएको थियो। पछि सुरक्षा थ्रेट भएपछि प्रहरी कार्यालयमा ल्याइएको प्रस्टीकरण दिएको थियो। 

पूर्वप्रधानन्यायाधीशलाई गैरकानुनी रूपमा पक्राउ गरेको विषय उठेपछि आयोगको टोली आइतबार जबरालाई भेट्न प्रहरी कार्यालय गएको थियो। जहाँ जबरासँग आयोगको टोलीलाई भेट्न दिइएन। जुन विषयमा आइतबार प्रेस विज्ञप्ति निकाली आयोगले खेद प्रकट गरेको थियो । 

पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरेको भनिएको प्रकरण र आयोगको टोलीलाई भेट्न नदिएको विषयमा बुझ्न एसएसपी खड्कालाई कार्यालयमा उपस्थित हुन पत्र लेखिएको आयोगका सचिव मुरारी खरेलले बताए। 

↑