अविरल वर्षाका कारण नारायणी नदीको बहाब बढ्दा चितवनको भरतपुर महानगरपालिका– १६, झनझनेस्थित गुम्बाचोकमा डुबानमा परेका १० जनाको सकुशल उद्धार गरिएको छ।
आइतबार बिहान करिब १०ः३० बजे नदीको बहाब बढेपछि उक्त स्थानका तीनवटा घर डुबानमा परेका थिए। घर डुबानमा परेपछि छतमा बसेका १० जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट परिचालित सुरक्षाकर्मीले उद्धार गरेका हुन्।
सुरक्षाकर्मीले रबरबोटको सहायतामा उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धार गरिएका सबैजना सकुशल रहेको सशस्त्र प्रहरीले जनाएको छ।