मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ४ आइतबार १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री खनाल युएन महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार १९:५४:oo

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघ (युएन) को ८१औँ महासभामा सहभागी हुन आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।

महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन मन्त्री खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्।

महासभाका क्रममा मन्त्री खनालले विभिन्न देशका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले नेपालका तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्नेछन्।

महासभामा सहभागी हुने क्रममा नेपालका प्राथमिकता, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दाबारे नेपालको धारणा राख्ने कार्यक्रमसमेत रहेको छ।