नेकपा(एमाले)को सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो।
बैठकले पार्टी पुनर्गठन कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल सुरु भएको छ। मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेन्डा पनि तय गरिने सचिव महेश बस्नेतले जानकारी दिए।