मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १ बिहीबार
  • Friday, 18 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १ बिहीबार o८:२७:oo
Read Time : < 1 मिनेट
समाचार

सशस्त्रको इन्टेलिजेन्स ब्युरोद्वारा भारतीय गाडीबाट चारवटा पेस्तोल बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १ बिहीबार o८:२७:oo

भारतीय नम्बरप्लेटको गाडीबाट चारवटा पेस्तोल बरामद भएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार बेलुका पर्साको वीरगन्ज महानगरपालिका– १५, वास्तुविहार चोकबाट पेस्तोल बरामद गरेको हो। 

ब्युरोको टोलीले दुईवटा सिक्सर र दुईवटा कटुवा पेस्तोल बरामद गरेको हो। शंकास्पद अवस्थामा गाडी रोकिराखेको अवस्थामा ती हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, गाडीबाट एसएलआरका ६ राउन्ड गोलीसमेत बरामद भएको छ। 

बरामद पेस्तोल, गाडी र गोली थप अनुसन्धानका लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।