मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १७:५५:oo
Read Time : > 1 मिनेट
समाचार

बाढीमा मृत्यु भएका कर्मचारीको परिवारलाई १० लाख, उद्धार कोषमा ४० करोड प्रदान गर्ने प्रहरीको निर्णय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १७:५५:oo

भदौ १०को बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारजनहरूलाई विशेष आर्थिक सहयोग स्वरूप प्रहरी कर्मचारीहरूबाट राहत स्वरूप संकलन गरिएको रकमबाट तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय नेपाल प्रहरीले गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा उक्त निर्णय गरिएको हो। साथै, उक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँसमेत प्रदान गर्ने निर्णय गरेको छ।

बैठकमा रसुवा भोटेकोशी-त्रिशूली बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना एवं मृतक प्रहरी कर्मचारीहरूको परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरिएको थियो। साथै, बाढीमा परी हालसम्म फेला पर्न नसेकका प्रहरी कर्मचारीहरूको खोजीका लागि परिवारका सदस्यहरूको सम्पर्क एवं समन्वयमा विशेषज्ञसहितको टोली परिचालन गरी सक्रियताका साथ खोजतलासलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले बताए। 

यसैगरी, दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सिपमूलक तालिम प्रदान गर्ने साथै रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरूलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ। 

बाढी प्रभावित क्षेत्रका प्रहरी एकाइ (इप्रका. टिमुरे, अप्रचाै पोस्ट मैलुङ, प्रचौ रसुवागढी, प्रचौ स्याफ्रुबेँसी, प्रचौ वेत्रावती) मा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्रीहरू क्षतिको राहत स्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एकजना सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत, सम्पर्कविहीन एवं घाइते प्रहरी कर्मचारीहरू र निजका आफन्त एवं परिवारजनहरूलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिका लागि सहजीकरण गर्नेसमेत बैठकमा निर्णय भएको छ। 

बाढीमा प्रहरीका तीन कर्मचारीको मृत्यु भएको छ भने २५ जना सम्पर्कविहीन छन्।