मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १७ बुधबार o९:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आयोजक ज्ञानोदयले हरायो एलआरआईलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o९:३o:oo

आयोजक ज्ञानोदय बालवाटिका र लिटिल एन्जल्स (एलए)ले ३२औँ ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको महिलामा मंगलबार जित हात पारेका छन् । घरेलु कोर्टमा ज्ञानोदयले एलआरआईलाई २०–८ ले पराजित गर्‍यो ।

एलएले रातो बंगलालाई १६–८ ले हरायो । महिलातर्फ रातो बंगलाले एलिक्सर एकेडेमीमाथि २०–११ को जित निकाल्यो । पुरुष बास्केटबलमा एलिक्सरले डिएभीलाई ३५–१४ ले पाखा लगायो ।

एलएले रातो बंगलालाई २६–१८ ले हरायो । प्रतियोगिताको महिला फुटबलमा रातो बंगला र एलए विजयी भए । रातो बंगलाले आयोजक ज्ञानोदयलाई ४–० गोलले पराजित गर्‍यो ।

रातो बंगलाकी इभाना सुवेदी र स्वीकृति शाहले समान दुई गोल गरे । एलएले त्रियोगमाथि २–० को जित दर्ता गर्‍यो । दुवै गोल अभिव्यक्ति तामाङले गरिन् । पुरुष फुटबलमा एलएले पाठशालालाई २–० गोलले पाखा लगायो । एलएका लागि अक्षय श्रेष्ठले एक गोल गरेका थिए । पाठशालाबाट एक गोल आत्मघाती भयो ।