Skip This
शेखर गोल्छासँग एक करोड धरौटी माग
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २६ मंगलबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शेखर गोल्छासँग एक करोड धरौटी माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार १७:१७:oo

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी मागेको छ। विशेषका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार गोल्छालाई एक करोड धरौटी लिएर तारिखमा छोड्न आदेश दिएको हो।

गोल्छामाथि सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रिइन्स्योरेन्स)को सेयर मूल्य कृत्रिम रूपमा बढाउन दीपक भट्ट र ब्रोकरका कार्यकारी प्रमुख सन्दीप चाचानबिचको मिलेमतोमा सहयोगी भूमिका खेलेको अभियोग छ।

‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी शेखर गोल्छाको भूमिका एवं संलग्नतासमेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दा पुर्पक्षका लागि यी प्रतिवादी शेखर गोल्छाबाट नगद धरौटी एक करोड रुपैयाँ वा सोबराबरको बैंक जमानत लिई निजलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू,’ आदेशमा भनिएको छ।