१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३० सोमबार १५:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सञ्चार माध्यममा विदेशी लगानी स्विकार्य हुँदैन् : सञ्चारमन्त्री बास्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३० सोमबार १५:५७:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्विकार्य नहुने बताएका छन् । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा भने, एउटै सञ्चार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न दिइने छैन । 

उनले केहि दिन यता सञ्चार माध्यमहरुमा हिंसालाई प्रश्रय दिने खालका समाचार प्रशारण भइरहेकाले यस्ता सामग्री प्रशारण नगर्न आग्रह गरे । 

साथै, उनले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारवाही हुने बताउँदै सञ्चार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताए ।