मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ जेठ १८ सोमबार
  • Wednesday, 30 September, 2026
२o८३ जेठ १८ सोमबार १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ जेठ १८ सोमबार १३:२५:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।

भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा निस्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले भ्रमणबारे प्रतिक्रिया माग्दा उनले भारतबाट फर्किएपछि विस्तृत जानकारी दिने बताएका थिए।

लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी छन्।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार लामिछानेले जेठ १८ देखि २२ गते (जुन १–५) सम्म भारत भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्।

त्यसैगरी, उनले भाजपा नेतृत्व, भारतस्थित नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा अयोध्याको अवलोकन गर्ने तालिका पनि रहेको रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासले भ्रमणका विभिन्न भेटघाट तथा कार्यक्रमहरूको समन्वय गरिरहेको छ।

↑