जनता समाजवादी पार्टीका नेताद्वय रेणुकुमारी यादव र प्रदीप यादवले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गरेका छन्। सोमबार एकताका लागि उनीहरूले सहमतिमा हस्ताक्षर गरेका हुन्।
सहमतिपत्रमा भनिएको छ,‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूसहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो।’ सहमतिपत्रमा उपेन्द्र यादव र रेणु यादवले हस्ताक्षर गरेका छन्। जसपा नेपालका बहुमत केन्द्रीय सदस्य एकतामा आउने दाबी गरिएको छ।
