
काठमाडौं महानगरपालिकाले यात्रु सहायता कक्षबाटै नि:शुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । गोँगबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका सिनियर अहेव दमनबहादुर नेगीले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य जाँच सुरु गरेको जानकारी दिए । महानगरपालिकाले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको सिअहेव नेगीले बताए । उक्त सेवा दशैं भरि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
उक्त कक्षको आज काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारी र काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुभारम्भ गरे । नयाँ बसपार्कमा हुने भिडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । उक्त प्रहरीले भिडभाड नियन्त्रणका साथै यात्रुहरूलाई सहजै रूपमा गन्तव्य स्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ।