मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
२o८२ असोज ४ शनिबार १५:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युतीय मोटरबाट करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार १५:२५:oo

सिरहाको लहान नगरपालिका २३ गाढा गाउँमा धानमा सिंचाईंका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर गम्भिर घाइते भएका शिक्षकको मृत्यु भएको छ । 

सार्वजनिक विदाको दिन भएकाले शनिबार बिहान करिब साढे ११ बजेतिर घर नजिकैको खेतमा रोपिएको धानमा पानी पटाउन विद्युतीय मोटर चलाउन पुगेका करिब ३८ वर्षीय बिजेन्द्र कुमार सहनी करेन्ट लागेर गम्भिर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धान खेतमा सिंचाईंका लागि विद्युतीय मोटर चलाउने क्रममा करेण्ट लागेर गम्भिर घाइते भएका सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल ल्याएका थिए । 

अस्पतलमा ल्याए लगत्तै इसिजी जाँच गर्ने क्रममा करिब १२ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहीका अनुसार उनको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । 

लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता मा.वि.मा कार्यरत शिक्षक सहनी उत्कृष्ट शिक्षक रहेको गाउँलेहरु बताउँछन् । शिक्षक, विद्यार्थी, स्थानीय अभिभावकको मन जितेका समाजप्रति समर्पित शिक्षकको निधनले विद्यालय परिपवारसँगै सिंगो गाउँ  शोकमा डुबेको पत्रकार समेत रहेका स्थानीय बिरेन्द्रप्रसाद नेपालले बताए ।  

कर्मठ, पेशाप्रति प्रतिबद्ध र इमान्दार शिक्षक गुमाउनु पर्दा विद्यालय र समाजका लागि अपूरणीय क्षति भएकोमा स्थानीय स्तब्ध भएको उनले बताए ।