मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् प्राधिकरणलाई तिर्नुपर्नेभन्दा बढी महसुल  तिरिसकेका छौँ : सूर्य नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

सूर्य नेपालले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौताबापत तिर्नुपर्ने रकमभन्दा बढी तिरिसकेको जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै लोडसेडिङका वेला ट्रंकलाइनमार्फत विद्युत् प्रयोगबापत तिर्नुपर्ने बक्यौताबारे आफ्नो नाम जोडेर प्रसार गरेकामा गम्भीर ध्यानाकर्षणसमेत भएको नजाएको छ ।

‘सूर्य नेपालले प्राधिकरणको निर्देशनअनुसार सबै बक्यौता पहिले नै तिरिसकेको स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद्को २७ वैशाख ०८१ को निर्णयअनुसार अतिरिक्त महसुल पुस ०७२ देखि वैशाख ०७५ सम्म अवधिका लागि मात्र लागू हुने निर्णयअनुसार कम्पनीले तिर्नुपर्नेभन्दा बढी नै रकम भुक्तानी गरिसकेको छ ।’

कम्पनीले प्रचलित कानुनअनुसार नियम र नेपाल सरकार र सम्बद्ध निकायका निर्देशनको पालना गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । कम्पनीले प्राधिकरणको निर्देशनअनुसार पहिले नै सम्बन्धित बक्यौता तिरिसकेकाले भ्रामक जानकारी प्रशारित नगर्न पनि आग्रह गरेको छ । साथै, प्राधिकरणलाई पनि कम्पनीले आफूले बक्यौता भुक्तानी गरेको तथ्य सार्वजनिक गरिदिनसमेत आग्रह गरेको छ ।