मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
तस्बिर : सन्जीव याेञ्जन/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौँ
२o८२ असोज ३ शुक्रबार १५:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटन असंवैधानिक भएको कांग्रेसको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १५:o१:oo

नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने निर्णय गरेको छ।

बैठक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको थियो। जेन–जी आन्दोलनपछि पहिलोपटक पार्टीको औपचारिक बैठक बसेको हो। कांग्रेस केन्द्रीय कार्यालय आन्दोलनकारीद्वारा गरिएको आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएको अवस्थामा बैठक गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

‍बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

साथै, केन्द्रीय समिति बैठक दसैँअघि नै बोलाउने निर्णयसमेत गरेको छ ।