मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँमा भायानेटको अफर : इन्टरनेट  जडान वा नवीकरण गर्दा उपहार र छुटैछुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५४:oo

इन्टरनेट सेवाप्रदायक भायानेटले दसैँलाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक गरेको छ । नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । प्रत्येक वर्ष दसैँमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठुलो अफर ल्याएको जनाएको छ ।

अफरअन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् । जसमा तीन हजार पर्ने मेस राउटर पाँच सय रुपैयाँ छुटसहित २५ सयमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, १० हजार सात सय ४९ मूल्यको डुअल ब्यान्ड फोन जेडटिई नुबिया ए–३६ छुटसहित आठ हजार दुई सय ९९ मा पाइनेछ भने ४३–इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार नौ सय ९९ मा किन्न सकिने बताइएको छ । यससँगै, आठ हजार चार सयभन्दा माथि इसेवामार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमो कोड भाया–३०० हाली तीन सय क्यासब्याक पाउनेछन् । 

साथै, ‘स्पिन त ह्विल’मा भाग लिएर थप उपहार जित्ने अवसर पनि भायानेटले दिनेछ । यस स्पिनमार्फत थप १२ महिना, दुई महिना वा एक महिनासम्म नि:शुल्क इन्टरनेट सेवा पाइने कम्पनीको भनाइ छ ।