मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१६:oo

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ सार्वजनिक गरेको छ । टेलिकमले संविधान घोषणाको एक दशक पूरा भएको अवसरमा ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको हो ।

यो अफर शनिबार (४ भदौ)सम्म लागू हुनेछ । अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिनका लागि एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमका नेटवर्कभित्र १०० मिनेट भ्वाइस कल सेवा उपलब्ध हुनेछ ।

यसैगरी, एक सय ११ रुपैयाँको प्याकमा पाँच दिन अवधि रहेको ६ जिबी डेटा, एक सय ९९ रुपैयाँमा सात दिन अवधिको १३ जिबी डेटा, दुई सय ९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र तीन सय ९९ रुपैयाँको प्याकमा १५ दिन अवधि रहेको ३० जिबी डाटा प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यसैगरी, ग्राहकले सात सय ८९ रुपैयाँ तिरी ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सक्नेछन् । यो प्याकमा ग्राहकले ३० जिबी डाटा, सबै नेटवर्कमा कल, ६ सय मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र दुई सय ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ ।

यसको अवधि भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन हुनेछ । साथै, पोस्टपेड प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।