मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज ३ शुक्रबार o९:१२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव सुरेन्द्र झालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार o९:१२:oo

संविधान दिवस कसरी मनाउँदै हुनुहुन्छ ?
संविधान दिवस हामीले जहिले पनि कालो दिनका रूपमा मनाउँदै आएका छौँ । संविधान निर्माण गर्दा निर्वाचन प्रक्रियादेखि समितिको छलफलमा समेत हामी सहभागी भयौँ । तर, अन्तिममा केही विषयमा हाम्रो विमति रह्यो । त्यसलाई सम्बोधन गरिएन । हामी आन्दोलनमा गयौँ । तर, यसपटक जेन–जी सहिद र मधेश आन्दोलनका सहिदसहित परिवर्तनको आन्दोलनमा हालसम्म सहादत गरेका सम्पूर्ण ज्ञात–अज्ञात सहिदको सम्मानमा श्रद्धाञ्जली सभा गरेर संविधान दिवस मनाउँदै छौँ । 

जेन–जी आन्दोलनलाई तपाईंको पार्टीले कसरी लिएको छ ?
जेन–जी संघर्षको स्पिरिट स्वाभाविक हो । त्यो आवश्यक पनि थियो । हामीले पटक–पटक राजनीतिक परिवर्तन गर्‍यौँ । तर, आमजनतासम्म सेवा–सुविधा पुर्‍याउन सकेनौँ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायत क्षेत्रमा काम भएन । जेन–जीले भ्रष्टाचार र बेथितिलाई उठाउनुभयो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको अंकुशलाई अभिव्यक्ति स्वतन्त्रता हननका रूपमा उहाँहरूले लिनुभयो र आन्दोलनमा होमिनुभयो । आन्दोलनभित्र बाहिरी शक्तिको अभीष्ट रहेछ । देशभित्रकै शक्तिले पनि रोटी सेक्ने काम गरे । लोकतान्त्रिक व्यवस्थाका आधार स्तम्भ संसद्, सिंहदरबार, अदालत, सार्वजनिक सम्पत्ति, निजी संरचनामाथि आक्रमण हुनु निन्दनीय छ । यो जेन–जीको माग थिएन ।

जेन–जी आन्दोलनले उठाएअनुसार पार्टीमा पुस्तान्तरणका के गर्दै हुनुहुन्छ ?
हाम्रो पार्टीमा मात्र नभई सबै पार्टीमा पुस्तान्तरणको आवाज उठेको छ । दोस्रो पुस्ताका साथीले प्रयास गरे पनि सफल हुन सकिएको छैन । अधिकतम साथीलाई यस विषयमा बुझाउन सकिएन । एजेन्डा सही छ भने मान्छे सडकमा आउँछन् र परिवर्तन सम्भव छ भन्ने जेन–जी आन्दोलनले देखायो । विगतको ढर्राबाट कार्यकर्ता र नेता बनाएर अब त्यसरी चल्दैन, पुनर्गठन गरेरै जानुपर्छ । एउटा उद्देश्यका लागि एउटा नेतृत्व आउँछ, त्यो पूरा भएपछि अर्को आउँछ । नयाँ नेतृत्वले नयाँ उद्देश्य पूरा गर्छ, त्यसपछि फेरि अर्को नेतृत्व आउँछ ।