मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संविधान दिवसको अवसर पारेर ओलीलाई सार्वजनिक गराउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o३:oo

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नेताका निवासदेखि राज्यका सार्वजनिक संरचनामा आक्रमण हुन थालेपछि सेनाले बालुवाटारबाट उद्धार गरेर शिवपुरी ब्यारेक राखेका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली १० दिनपछि बाहिरिएका छन् । सेनाले ब्यारेकबाट बाहिर निस्किन अनुमति दिएपछि ओली भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुस्थित डेरामा बस्न थालेका छन् ।

भक्तपुरको गुन्डुस्थित डेरामा बस्न थालेका ओलीलाई शुक्रबार (आज) संविधान दिवसको अवसर पारेर सार्वजनिक गराउने तयारी छ । संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा सार्वजनिक गराइने एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले बताएका छन् । भक्तपुर एमालेले आयोजना गरेको एक कार्यक्रममा उनले ओलीको सार्वजनिक तयारीबारे जानकारी दिएका हुन् । तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने त्यस्तो सम्भावना नरहेको बताए ।

‘शुक्रबार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिवलगायतका नेताहरूको उपस्थितिमा औपचारिक कार्यक्रम हुन्छ, अध्यक्ष आउने कार्यक्रम तय भएको छैन,’ गौतमले प्रश्न गर्दै भने, ‘उहाँ अहिले पार्टीको सम्पर्कमै हुनुहुन्छ, यसको अर्थ कार्यक्रममा आउनुहुन्छ भन्ने होइन, के उहाँ आउँदा राज्यले सुरक्षा दिन सक्छ त ?’ 

नेता बस्नेतले भने पार्टी कार्यकर्ताले नै सुरक्षा गरेर ओलीलाई कार्यक्रममा उपस्थित गराउने बताउँदै आएका छन् । एमाले भ्रातृ संगठन प्रेस चौतारी नेपालले ओलीकै उपस्थितिमा संविधान दिवसको कार्यक्रम आयोजना हुने भन्दै सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ ।

सुरक्षा संवेदनशीलताका कारण एमालेका नेताहरूले उनको उपस्थितिबारे औपचारिक प्रतिक्रिया दिन मानिरहेका छैनन् । तर, बस्नेतसहित एमालेको संस्थापन पक्षका नेताहरू सकभर सुरक्षा स्थिति हेरेर ओलीलाई कार्यक्रममा उपस्थित गराउने योजनामा छन् ।