
नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारदेखि प्रशिक्षण सुरु गरेको छ । आगामी साता वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजका लागि खेलाडीले मूलपानी क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
वेस्ट इन्डिजसँगको सिरिजलाई नेपाली खेलाडीले आइसिसी विश्वकप टी–२० अन्तर्गत एसियन छनोटको तयारीका रूपमा लिएका छन् ।