Skip This
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनालाई ३ प्रश्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:१६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१६:oo

जेन–जी आन्दोलन सकिनासाथ तरकारीको भाउ बढ्यो नि ?
प्रत्येक विपत्मा मौका छोपेर उपभोग्य वस्तु तथा तरकारीको भाउ बढ्नु हामीकहाँ अब नौलो रहेन । बजारमा सधैँ यस्तै अप्ठ्यारो समयमा गैरव्यावसायिक क्रियाकलापबाट नाफा आर्जन गर्ने प्रवृत्ति निकै बढेको छ । तरकारीको भाउवृद्धि पनि त्यसैको निरन्तरता हो । यो मूल्यवृद्धि तरकारी व्यवसायीको गैरजिम्मेवारीको पराकाष्ठा हो ।

अहिले देशमा नागरिक सरकार छ, उसले बजारमा हस्तक्षेप गरेर मूल्य घटाउन सक्दैन ?
हो, यसपालि देशमा नागरिकको चाहनाअनुसारको सरकार बनेको छ । यो सरकारसित लोभलालच र आफ्नो–पराई कोही नभनी कारबाही गर्ने सामथ्र्य पनि छ । त्यसैले, कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई सरकारले छानीछानी कारबाही गर्नुपर्छ । अहिले भइरहेको तरकारीको भाउवृद्धि तत्कालै घटाउने गरी सरकारले हस्तक्षेपकारी कदम चाल्नुपर्छ । उसको यस्तो कदमले आमजनतामा सरकारप्रतिको विश्वास र भरोसा थप बलियो हुन सक्छ । 

अनुगमनकारी वाणिज्य विभागको भूमिका पनि यो वेला सशक्त हुनुपर्ने होइन र ?
वाणिज्य विभागले लामो समयदेखि बजारमा प्रभावकारी अनुगमन गर्न सकेको छैन । अहिले नागरिक सरकार आएका वेला वाणिज्यले अनुगमनलाई तीव्रता दिने गरी काम थाल्नुपर्छ । तरकारीसँग दसैँ, तिहार, छठजस्ता ठुला पर्वको समयमा हुन सक्ने अन्य वस्तु तथा सेवाको मूल्यवृद्धि नियन्त्रण गर्ने कार्ययोजना बनाएर लागू गर्नुपर्छ । यसमा सरकार चुक्यो भने एकातिर आमउपभोक्ता महँगीको मारमा पर्नेछन् भने अर्कातिर नागरिक सरकारप्रति जनताको विश्वास कमजोर हुन सक्छ । सरकार भर्खर गठन भएको छ । त्यसले अझै पूर्णता पाइसकेको छैन । सायद, बिस्तारै सरकारको ध्यान यस्ता दैनन्दिन समस्यातिर जाला बजारलाई अनुशासित बनाउने कदम चालिएला कि ?