
मोबाइल एप्लिकेसन बससेवा र बससेवा डटकमबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन् । नेपालीको महत्त्वपूर्ण चाड दसैँ–तिहारलाई लक्षित गर्दै बससेवाले सुरु गरेको हवाई टिकट सेवामा पाँच सयसम्मको क्यास ब्याकको अफर ल्याएको हो ।
बससेवाका प्रमुख कार्यकारी निर्देशक (सिइओ) पिके खनालका अनुसार क्यास ब्याकको अफर आगामी मंसिर महिनाभर रहनेछ । यात्रुहरूले हवाई उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेबसाइटबाट लिन सक्नेछन् ।
बससेवाबाट टिकट काट्ने दुईजनालाई खसी उपहार
यस वर्षको दसैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाईजहाजको टिकट काट्नेलाई उपहारस्वरूप खसी उपहारसमेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरूप खसी दिने घोषणा कम्पनीले गरेको हो । यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाईजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरूले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् ।
बससेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ ।
सयजनालाई फ्री टिकट
१५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेबसाइट (बससेवाडटकममार्फत टिकट काट्ने यात्रुहरूलाई बससेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःशुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँबराबरको लुगा किनमेलसमेत गर्न सक्ने व्यवस्था गरेको छ ।
के हो बससेवा ?
बससेवा अनलाइनबाट बस–हवाईजहाजको टिकट उपलब्ध गराउने सहज माध्यम हो । बससेवाको मोबाइल एपबाट आफूलाई मनपर्ने बस र सिट रोजेर सजिलै टिकट काटी यात्रा गर्न सकिन्छ । यसबाट मोबाइलबाटै टिकट काट्दा समय र खर्च दुवैको बचत हुने, बसमा उपलब्ध सेवा र शुल्क दाँजेर आफूलाई मनपर्ने बसमा यात्रा गर्न सकिने, काउन्टरकै दरमा टिकट उपलब्ध हुने र बससेवाका विभिन्न अफरको लाभ उठाउन सकिने बससेवाले जनाएको छ ।