मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुमनाले छोडिन् रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:११:oo

रास्वपा नेतृ एवं निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको भन्दै पार्टी परित्याग गरेकी हुन् । यो प्रवृत्तिको विगतदेखि नै आलोचना गर्दै आएको, तर सुनुवाइ नभएको उनको भनाइ छ । 

‘कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने ? पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने,’ उनले भनेकी छिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति वेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर, त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएकी छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । आई क्विट, मैले पार्टी छोडेँ ।’

श्रेष्ठले कांग्रेस, एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई सोच्न अपिल गरेकी छिन् । ‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बहिरोपनले हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस्,’ उनले भनिन् ।