मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार ११:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले ९ असोजदेखि चीनको ग्वाङझाउमा सीधा उडान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार ११:१९:oo

 नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा सीधा उडान गर्ने भएको छ । निगमले आगामी ९ असोज (२५ सेप्टेम्बर)देखि चीनको ग्वाङझाउमा सीधा उडान गर्न लागेको हो । 

निगमले आइतबार एक सूचना जारी गर्दै नयाँ गन्तव्य ग्वाङझाउमा उडान सुरु गर्न लागेको जनाएको छ । यसका लागि निगमले अग्रिम टिकट बुकिङसमेत खुलाएको जनाएको छ । यो उडानले नेपाल–चीन यात्रा गर्ने यात्रुका लागि विकल्प दिनेछ । हाल चिनियाँ एयरलाइन्स चाइना साउर्दनले काठमाडौं–ग्वाङझाउ सीधा उडान गर्दै आएको छ । 

हाल निगमले नारिता (जापान), क्वालालम्पुर (मलेसिया), हङकङ, दोहा (कतार) र दुबई (युएई), दमाम (साउदी) र बैंकक (थाइल्यान्ड)लगायत गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । त्यसैगरी, छिमेकी देश भारतका तीन गन्तव्य मुम्बई, बेंगलोर र दिल्लीमा समेत निगमको उडान हुँदै आएको छ । निगमले उत्तरतर्फको छिमेकी देश चीनमा समेत उडान विस्तार गरेको हो ।