मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o६:२१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

जेन–जी आन्दोलन : मृतकको संख्या ७२ पुग्यो, अझै १५ जना आइसियूमा

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२१:oo

आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले दिएको जानकारीअनुसार आन्दोलनमा अहिलेसम्म ५९ प्रदर्शनकारी÷ सर्वसाधारण, १० कैदीबन्दी र तीन सुरक्षाकर्मी गरी ७२ जनाको ज्यान गइसकेको छ । त्यस्तै, १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १९१ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जेन–जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीका अनुसार गोली लागेर, आगलागी भएका भवनमा जलेर र कुटपिटबाट उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा जेन–जी, प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी र भारतीय नागरिकसमेत छन् । 

आन्दोलनको सुरुको दिन २३ भदौमा २१ जना र अर्को दिनको प्रदर्शनमा थप केहीको मृत्यु भएको थियो । त्यसयता कतिपय घाइतेको मृत्यु र आगलागी भएका भवनमा भेटिएका शव र केही जिल्लामा कारागारमा भएको तनावमा गोली चल्दासमेत मृतकको संख्या बढ्दै गएको हो ।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले अझै शव र कंकाल भेटिने क्रम जारी रहेकाले मृतकको संख्या थपिन सक्ने बताए । ‘कतिपय शव जलेको अवस्थामा भेटिएका छन् । जलेका भवनहरू खोजी गर्दा शवहरू भेटिएकाले मृतकको संख्या थपिन सक्छ,’ उनले भने, ‘आइतबार पनि चुच्चेपाटीको भाटभटेनीमा ६ जना मृत अवस्थामा भेटिएका छन् । कतिपयको भागदौडका कारण मृत्यु भएको देखिन्छ ।’

गोली लागेर गम्भीर घाइते भएका थप दुईजनाको मृत्यु भएको छ । वीर अस्पतालमा आइसियूमा उपचार गराइरहेका बैतडी घर भएका १८ वर्षीया दीपक साउद र नुवाकोटका २७ वर्षीय शुभराज बलामी श्रेष्ठको मृत्यु भएको छ । उनीहरू दुवैजनाको टाउकोमा गोली लागेको थियो । अधिकांश मृत्यु हुनेमा प्रहरीको गोली लागेका छन् । उनीहरूको छाती, घाँटी र टाउकामा बढी गोली लागेको छ । अस्पताल लगिएका घाइतेको पनि टाउको, छाती, खुट्टा र हातमा गोली लागेको छ । २३ भदौमा प्रहरीको गोलीले ४५० भदा बढी घाइते भएका थिए । 

गौशालामा गोली लागेर मारिएका २१ वर्षीय प्रवीण कुलुङकी दिदी अनिता ताम्बुसाको अनुरोध– जति पनि आमाको 
काख रित्तिएको छ, जसरी ताकी–ताकी हाम्रो बच्चालाई गोली हानेका छन्, तिनीहरूलाई पनि हान्नुपर्ने ज्वालामुखी फुटेको छ । अपराधी हत्याराहरूलाई खोजेर हदैसम्मको कारबाही होस् भन्ने सम्पूर्ण आमाहरूको तर्फबाट माग गर्न चाहन्छु ।