मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २७ शुक्रबार o५:५९:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : राजज्योतिषको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार o५:५९:oo

एकपटक अवन्तीका राजा बाहुबलीलाई राज्यका लागि राजज्योतिषको आवश्यकता थियो । उनले राज्यभर यसबारे सूचना फैलाए । राजज्योतिष बन्न चाहने धेरै ज्योतिष दरबारमा पुगे ।

राजाले पहिलो ज्योतिषसित प्रश्न गरे– तपाईं कसरी भविष्य बताउनुहुन्छ ? ज्योतिषले जवाफ दिए– ताराहरूको गणना गरेर । अर्का ज्योतिषसित पनि राजाले यही प्रश्न सोधे । उनले जवाफ दिए– म जन्मकुण्डली हेरेर भविष्य बताउँछु । तेस्रा ज्योतिषले भने– म हस्तरेखा हेरेर भविष्यको आकलन गर्छु ।  

राजाले सबैका जवाफ सुने, तर उनी सन्तुष्ट हुन सकेनन् । अचानक उनलाई आफ्नै राज्यका चर्चित ज्योतिष विष्णु शर्माको सम्झना भयो । तर, उनी भने यस छनोटमा सहभागी हुन आएका थिएनन् । त्यसैले, राजाले तत्काल उनलाई बोलाउन कर्मचारी पठाए ।

शर्मा दरबारमा हाजिर हुनासाथ राजाले सोधे, ‘ज्योतिषजी, मैले राज्यका लागि एक योग्य राजज्योतिषको खोजी गरेको सम्बन्धमा तपाईंले पनि सुन्नुभएकै हुनुपर्ने हो । तर, तपाईं त छनोटमा सहभागी हुनै आउनुभएन नि !’ विष्णु शर्माले आत्मविश्वाससाथ भने– महाराज म आफ्नो भविष्य जान्दछु । मलाई म अब राजज्योतिष बन्नेछु भन्ने निश्चित छ ।

आफैँले पाउने निश्चित भएको पद पाउन निवेदन किन हालिराख्नु भनेर म छनोटमा सहभागी भइनँ । छनोटमा सहभागी ज्योतिष महानुभावलाई आफ्नै भविष्यबारे जानकारी रहेनछ । उहाँहरूले राजा र राज्यको भविष्य कसरी पो बताउनुहोला खोइ ? शर्माको जवाफ सुनेर राजा बाहुबली सन्तुष्ट भए र उनैलाई राजज्योतिष नियुक्त गरे ।