मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २७ शुक्रबार o७:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कठिन अवस्थामा अझ उच्च मनोबल र साहसका साथ शान्ति सुरक्षाका लागि जुट्न आइजिपीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार o७:१२:oo

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले कठिन अवस्थामा अझ उच्च मनोबल र साहसका साथ शान्ति सुरक्षाका लागि जुट्न निर्देशन दिएका छन् । बिहीबार भिडियो सन्देश जारी गरी उनले कठिन समयमै मानिसको पहिचान हुने भएकाले शान्ति सुरक्षामा खटिन निर्देशन दिएका हुन् । 

‘नेपाल प्रहरीको सदस्य भएको नाताले हाम्रो धर्म, कर्म, प्रतिज्ञा र हाम्रो समर्पण राष्ट्र र आमनागरिकको सेवा र सुरक्षा नै हो । यो जिम्मेवारी ज्यादै महत्वपूर्ण र संवेदनशील पनि छ । मानिसको पहिचान कठिन समयमै हुन्छ, यो कठिन समयमा हामीबाट प्रदर्शित व्यावसायिक निष्ठा र कर्तव्य परायणताले आमनागरिकमा शान्त र सुरक्षित तवरबाट जीवनयापन गर्न पाउने अवस्था र आफ्नो पेसा–व्यवसायमा फर्कन पाउने सुनिश्चितता सिर्जना हुनेछ भन्ने कुरामा हामी जानकार छौँ,’ उनले भनेका छन्, ‘मेरा प्रिय प्रहरी साथीहरू अहिले हाम्रा कैयन भौतिक संरचनाहरू क्षतविक्षत भएका छन्, तपाईंहरूका पोसाकहरू जलेका छन्, जीवनभरको कमाइ क्षणभरमा खरानी भएको छ, यद्यपि, यो पीडाको क्षणमा आफ्नो कर्तव्य सम्झेर बिग्रेका संरचनालाई अगाध आस्थाका साथ सम्हाल्दै गरेका तपाईंहरूका हातलाई प्रत्यक्ष देखेर म गर्वित भएको छु । यो युगीन जिम्मेवारीको घडीमा नियमित प्रहरी कार्यमा हिजोका दिनमा भन्दा पनि आज थप उच्च मनोबल र साहसका साथ जुट्नुहुन म सकलदर्ताका प्रहरी साथीहरूलाई विशेष आग्रह गर्दछु ।’ 

सबैलाई जिम्मेवार बन्न पूर्वसुरक्षा प्रमुखहरूको अनुरोध 
पूर्वसुरक्षाकर्मीहरूले कानुनी शासन पुनस्र्थापनाको राष्ट्रिय दायित्वमा एकाकार भई सुरक्षा निकायलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहितका अधिकारीले संयुक्त प्रेस वक्तव्य जारी गरी इतिहासको यो निर्णायक मोडमा जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् । 

राज्यका कामकारबाहीविरुद्ध उठेका आवाज सबै गलत छन् भन्ने सोच र सरकारी स्थायी संयन्त्रहरूले पनि अन्धभक्त भएर त्यसलाई अनुशरण गरिरहँदा गुम्सिन गएको जनआक्रोशले एकाएक विस्फोटक परिस्थिति सिर्जना गर्दाेरहेछ भन्ने यथार्थलाई पनि सबैले मनन गर्नुपर्ने महत्वपूर्ण पाठलाई भविष्यमा नबिर्सिन उनीहरूले आग्रह गरेका छन् ।