मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o१:o९:oo
Read Time : < 1 मिनेट
समाचार

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन शितलनिवासमा छलफल जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o१:o९:oo

जेनजीको मागअनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति निवास शितलनिवासमा छलफल चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, प्रधानसेनापति अशोकराज सिग्देल,   पूर्वप्रधानन्यायधीश सुशीला कार्की, केही कानुन व्यवसायी र जेनजीका प्रतिनिधिबिच छलफल चलिरहेको छ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनेमा सहमति जुटेको छ। तर, कुन प्रक्रियाबाट नियुक्ति गर्ने भन्नेमा सहमति जुटेको छैन । सभामुख घिमिरेले संसद बिघटनको विषय स्वीकार गरेका छैनन्। जेनजीका प्रतिनिधिले भने संसद बिघटन गर्नुपर्ने अडान राखेका छन्।


राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा विभिन्न दलका नेताहरुसँग पनि छलफल गरेका छन्। राजनीतिक दलहरुले संविधानअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 
आज सहमति जुटेमा शुक्रबार बिहान नयाँ प्रधानमन्त्रीको सपथ हुनेछ।