
जेनजीको मागअनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति निवास शितलनिवासमा छलफल चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायधीश सुशीला कार्की, केही कानुन व्यवसायी र जेनजीका प्रतिनिधिबिच छलफल चलिरहेको छ।
छलफलमा सहभागी एक अधिकारीका अनुसार पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनेमा सहमति जुटेको छ। तर, कुन प्रक्रियाबाट नियुक्ति गर्ने भन्नेमा सहमति जुटेको छैन । सभामुख घिमिरेले संसद बिघटनको विषय स्वीकार गरेका छैनन्। जेनजीका प्रतिनिधिले भने संसद बिघटन गर्नुपर्ने अडान राखेका छन्।
राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा विभिन्न दलका नेताहरुसँग पनि छलफल गरेका छन्। राजनीतिक दलहरुले संविधानअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
आज सहमति जुटेमा शुक्रबार बिहान नयाँ प्रधानमन्त्रीको सपथ हुनेछ।