मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १९ बिहीबार ११:५o:oo
Read Time : < 1 मिनेट
अर्थ

युरोपमा निर्यात बढाउन सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार ११:५o:oo

युरोपमा नेपाली वस्तुको निर्यात बढाउन तथा नेपालमा युरोपको लगानी भित्र्याउन दुई संस्थाले सहकार्य गर्ने भएका छन् । नेपाल निर्यातकर्ता उद्यमी महासंघ (फिन) र नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआई)ले युरोपसँगको निर्यात–व्यापार वृद्धि तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने भएका हुन् । 

नेपाल निर्यातकर्ता उद्यमी महासंघ (फिन) निर्यात क्षेत्रका उद्यमीहरूको छाता संगठन हो । आठवटा वस्तुगत संघ र व्यक्तिगत निर्यात उद्यमी आबद्ध निर्यात महासंघले नेपालको मौलिक उत्पादनको प्रवद्र्धन, निर्यातजन्य उत्पादनको उत्पादनशीलता वृद्धि, र विश्वव्यापी बजार पहुँच सुनिश्चित गर्न विभिन्न प्लाटफर्ममार्फत कार्य गर्दै आएको छ ।

नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआई) एक गैरसरकारी संस्था, जसले जर्मनी–युरोपसँग व्यापारिक सम्बन्ध विस्तार गरी आर्थिक कूटनीतिकमार्फत निर्यात क्षेत्रको उत्थानमा ३५ वर्षअघि काम गर्दै आएको छ । 

छुटाउनुभयो की ?