
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले अहिलेको सरकारले संविधान र कानुन नमानेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद मोदीले जे गर्दा पनि सबै वैधानिक हुन्छ भनेर सरकार अगाडि बढिरहेको बताए ।
उनले सरकारलाई समर्थन गरेका राजनीतिक दलले समर्थन फिर्ता लिएपछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्न प्रावधानअनुसार सरकारले त्यो नगरेको भन्दै आक्रोश व्यक्त गरे । संसद्लाई गुमनाम राखेर संसद् सचिवालयले सरकारसँग दुईतिहाइ बहुमत छ भनेर अदालतलाई चिठी लेख्न मिल्छ ? भनेर प्रश्न गरे ।
उनले सरकारको स्वेच्छाचारीमा संसद्ले समर्थन गर्न नहुने बताए ।