
गुडिरहेको मोटरसाइकलमा सडकमाथिबाट खसेको ढुंगाले लागेर १२ वर्षीय बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। ढुंगाले लाग्दा सल्यान बनगाड कुपिन्डे नगरपालिका– ११ का १२ वर्षीय विजय बुढाको मृत्यु भएको हो ।
बुधबार साँझ सुर्खेतको बोटेचौरबाट सल्यानको बनगाड कुुपिन्डे नगरपालिका आँपचौर आउँदै गरेको भे.६प ५६२ नम्बरको मोटरसाइकलमाथि सुर्खेत गुर्भाकोट नगरपालिका– ९ पोखरेनजिकै गुडिरहेको अवस्थामा ढुंगा खसेको थियो ।
मोटरसाइकलमा सवार अर्की वर्ष ४७ की मनीषा गन्धर्व घाइते भएकी छिन् । मोटरसाइकलचालक मनबहादुर बुढा भने सकुशल रहेका छन् । ढुंगाले लाग्दा घाइते दुवैजनालाई मेहलकुना अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा बुढालाई डाक्टरले मृत्त घोषणा गरेको स्थानीय खिमलाल विकले जानकारी दिए। मृतक बालक मोटरसाइकलचालक मनबहादुरका एक मात्र छोरा थिए ।
बालक बनगाड कुुपिन्डे नगरपालिका– ११ आँपचौरमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए। छात्रको मृत्यु भएपछि बिहीबार विद्यालयले शोकबिदा दिएको छ ।