
कजरिया टाइल्सको काठमाडौंको जोरपाटीमा अत्याधुनिक सोरुमको उद्घाटन संघीय सांसद सन्तोष चालिसेले गरेका छन् । जिएनएस ट्रेडर्सद्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्ने कम्पनीको भनाइ छ ।
उद्घाटन गर्दै सांसद चालिसेले भने ‘यो सुरुवात केवल एउटा व्यावसायिक उद्घाटन मात्र होइन, यो आधुनिक र सुसज्जित काठमाडौंको हाम्रो दृष्टिकोणतर्फ एक ठुलो कदम हो । कजरियाको उपस्थिति यहाँको स्थानीय बजार र हाम्रा जनताप्रति राखिएको विश्वासलाई प्रतिबिम्बित गर्दछ ।’
कजरिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले कम्पनीले नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको बताए । ‘काठमाडौंमा नयाँ सोरुम खोल्दै, हामी उत्कृष्ट डिजाइन, टिकाउपन र केही नयाँ ग्राहकसम्म ल्याउँदै छौँ । कजरिया सधैँ गुणस्तरका लागि चिनिएको छ, र यो नयाँ सोरुम त्यसैको प्रमाण हो । हामी नेपालजस्तो विकासोन्मुख देशको यात्रामा सहभागी हुन पाउँदा खुसी छौँ र यहाँका ग्राहकसँग लामो सम्बन्ध बनाउने आशा राखेका छौँ,’ उनले भने । जोरपाटीमा अवस्थित नयाँ सोरुममा उच्च गुणस्तरका टाइलहरूको व्यापक संग्रह प्रदर्शित गरिएको उनको भनाइ छ ।