मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १९ बिहीबार ११:१६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार ११:१६:oo

सन् ४७६ : जर्मन सैन्य नेता ओडोएसरले रोमुलस अगस्टुलसलाई अपदस्थ गरे । ओडोएसरले आफूलाई सम्राट्को सट्टा इटलीका राजा मात्रै भन्न थाले । अगस्टुलसको पतनपछि पश्चिम रोमन सम्राज्य पतन भएर युरोपमा मध्य–युग सुरु भएको मानिन्छ । 

सन् १८६१ : ‘ब्रिटिस एसोसिएसन फर द एड्भान्समेन्ट अफ साइन्स’ले आफ्नो ३१औँ वार्षिक भेलामा विद्युतीय मापनका एकाइमा एकरूपता ल्याउन ‘भोल्ट’, ‘ओहम’जस्ता एकाइ प्रस्ताव गर्‍यो । 

सन् १८७० : फ्रान्स तेस्रोपटक गणतन्त्र घोषणा भयो । निर्वाचनमार्फत राष्ट्रपति बनेका नेपोलियन बोनापार्टका भतिज नेपोलियन तृतीयले आफूलाई साम्राट् घोषणा गरेर दोस्रोपटक आएको गणतन्त्र मासेका थिए । तर, प्रुसियासँगको युद्धमा हार भोगेपछिको अलोकप्रियतामाझ उनी अपदस्थ गरिएसँगै देशमा पुन: गणतन्त्र फर्कियो । 

सन् १९१९ : कन्स्ट्यान–टिनोपलस्थित सरकार मित्रशक्तिका प्रस्तावअनुरूप अटोमन साम्राज्यलाई टुक्य्राउन सहमत भएको सन्दर्भमा राष्ट्रवादी समूहले ‘सिभास कंग्रेस’ सुरु गरे । यस भेलालाई टर्कीलाई स्वतन्त्र राख्ने संग्रामको महŒवपूर्ण विन्दु मानिन्छ । 

सन् १९३३ : क्युबामा राष्ट्रपति कार्लोस म्यानुयल क्वेसादा सैन्य कुबाट हटाइए । यसले भावी तानाशाह फुलजेन्सियो बाटिस्टाको उदयको बाटो खोलिदिएको थियो । 

सन् १९७५ : इजिप्ट र इजरायलले जेनेभामा दोस्रो सिनाई सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुरूप सिनाई कब्जा गरेर बसेको इजरायली फौज थप पछि
हटेको थियो । 

सन् १९९८ : ब्रिटेनको आइटिभीमा रियालिटी टिभी सो ‘हु वान्ट्स टु बी ए मिलिनियर ?’ को पहिलो संस्करण प्रसारण भयो । यही ब्रान्ड भारतमा ‘कौन बनेगा करोडपति’ नाममा सञ्चालित छ । 

सन् १९९८ : स्ट्यानफोर्ड विश्वविद्यालयमा पढिरहेका दुई विद्यार्थी ल्यारी पेज र सर्गेई ब्रिनले गुगलको स्थापना गरे । 

छुटाउनुभयो की ?