मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १६ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मैतिदेवी–डिल्लीबजार सडक दुईतर्फी बनाउन सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १८:२o:oo

मैतिदेवी-डिल्लीबजार हुँदै पुलतीसडक चोक निस्कने सडक दुईतर्फी बनाउन सांसदले माग गरेका छन्।

राष्ट्रिय सभाका सांसद सुरेशकुमार आलेमगरले बैठकको शून्य समयमा बोल्दै यस्तो माग गरेका हुन्। पहिले सडक साँधुरो हुँदा एकतर्फी गरिएको भए पनि अहिले सडक विस्तार भइसकेकाले फराकिलो गर्नुपर्ने उनको भनाइ छ।

‘काठमाडौंको पुतलीसडक, डिल्लीबजारको चोकबाट मैतिदेवीतिर एकतर्फी भएको हुँदा जान सकिँदैन। कमलपोखरी, ज्ञानेश्वर हुँदै जानुपर्ने हुन्छ। धेरै लामो चक्कर लगाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसले गर्दा जनतालाई सास्ती हुन्छ। जति वेला एकतर्फी गरिएको थियो, त्यति वेला सानो नै थियो। यति वेला त्यो सडक फराकिलो भइसकेको छ। दुईतर्फी गर्दा पनि त्यो सञ्चालन हुन सक्छ।’
 

छुटाउनुभयो की ?