मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा बाढीले सशस्त्र प्रहरीका दुई बिओपी डुबानमा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

चार दिनदेखिको वर्षाले कञ्चनपुरको पश्चिम भूगोल दोधाराचाँदनी नगरपालिकामा रहेको जगबुढा नदीमा आएको बाढीले बस्तीसँगै दुई सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट (बिओपी) डुबानमा परेका छन्।

दोधाराचाँदनी नगरपालिका– ७, कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बिओपी डुबानमा परेका हुन्। जगबुढा नदीको बहाब बढेपछि दोधाराचाँदनी– ३ पटराखल्लामा बाँध भत्किएर नदी गाउँ पसेको हो। नदी गाउँ पस्दा सुन्दरनगर, कुतियाबर कञ्जनभोज, राजपुरे टाउसहितका गाउँबस्ती पनि डुबानमा परेका छन्।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले सुन्दरनगर बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार विद्यालय र कञ्चनभोज बिओपीका विस्थापित ३० सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रमा सारिएको छ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गणका गणपति एसपी लोकेन्द्र भट्टले डुबानअगावै महत्वपूर्ण कागजातसहितका सामग्री र कार्यरत जनशक्तिलाई अन्यत्र सारिएको बताए। ‘दुवै बिओपी जगबुढा नदी तटीय क्षेत्रमा छन्,’ उनले भने, ‘नदीमा ओभरफ्लो भएपछि डुबानमा परेका हुन्।’

कञ्चनभोजको बिओपी सार्न अर्को स्थानमा जमिन पाइएको भन्दै उनले सुन्दरनगरका लागि जमिन नपाइएको बताए। बाढीका वेला जनताको उद्धार गर्ने सशस्त्र प्रहरीका बिओपी नै डुबानमा परेपछि झन् संकट निम्तिएको छ। दोधाराचाँदनी डुबान, कटान क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्धारमा खटिएका छन्।

छुटाउनुभयो की ?