मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१२ अंकले बढ्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

केही दिनदेखि घटिरहेको सेयर बजार नेप्से परिसूचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा रोकिएको छ ।

यसअघि आइतबार नेप्से परिसूचक ३१.१७ अंकले घट्दै २७४९.८३ विन्दुमा बन्द भएको थियो । नेप्से बढे पनि आज सेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ ।

यसअघि आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको एक करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर कारोबार भएको बजारमा आज सोमबार भने कुल ३२६ स्टकको पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँबराबरको एक करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर कारोबार भएको छ ।

 

छुटाउनुभयो की ?