मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार

कोशीमा पत्रकार महासंघको माग सम्बोधन गर्न माओवादीको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारद्वारा प्रस्तुत आमसञ्चार विधेयकप्रति पत्रकार महासंघसहित सञ्चार सम्बद्ध संस्थाका मागमा ऐक्यबद्धता जनाएको छ। 

कोशी प्रदेश सभा बैठकमा आइतबार बोल्दै सो पार्टीका सांसद दुर्गाप्रसाद चापागाईंले पत्रकार र सञ्चार सम्बद्ध सस्थाका आवज सुन्न र उनीहरूका माग सम्बोधन गर्न आग्रह गरे। 
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा प्रस्तुत गरेको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै पत्रकार महासंघ आन्दोलनमा छ। ‘प्रदेश आमसञ्चार विधेयक विचाराधीन अवस्थामा छ। प्रदेशभरिका सञ्चारकर्मी-पत्रकारहरू यसका विरुद्धको संघर्षमा छन्,’ चापागाईंले भने, ‘म सरकारलाई पत्रकार महासंघ र सञ्चारकर्मीका आवाज सुन्न र माग सम्बोधन गर्न आग्रह गर्दछु ।’ 

उनले आमसञ्चार विधेयकमा विवाद जारी रहेको र सरकारी कामकाजको भाषासम्बन्धी विधेयक अलपत्र अलपत्र छाडेर प्रदेश सभाको जारी सातौँ अधिवेशन अन्त्य गर्न उद्धत रहेको बताए। 

सत्तारूढ कांग्रेस र एमाले संघमा मात्र नभई प्रदेशमा पनि सरकार सञ्चालनमा असफल साबित भइसकेको दाबी उनले गरे। उनले प्रतिपक्षी दलका हैसियतमा राम्रो कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको भन्दै संसद् छलेर नभाग्न चुनौती दिए। ‘संसद् छल्न होइन,  नयाँ नयाँ बिजनेस क्रेट गर्नमा लाग्नुहोस् तपाईंहरूलाई रचनात्मक सहयोग गर्न प्रतिपक्षी दलहरू तयार छौँ। अन्यथा तपाईंहरूको असमक्षता र असफलताको भागीदार बन्न तयार छैनौँ,’ चापागाईंले भने।