
बागमती प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक आज बस्दै छ । बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार बैठक आज दिउँसो दुई बजे बस्ने गरी आह्वान गरिएको छ ।
आजको बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन दुई विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ। प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको हो ।
बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन रहेका दुई विधेयकका प्रतिवेदनहरू पेस हुनेछन् । उनका अनुसार उक्त बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।
बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।