मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १५ आइतबार o६:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माथिल्लो तादी खोलाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार o६:२१:oo

११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । परियोजनाले गत साउन १२ गतेदेखि नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आएको छ । 

अपि पावरको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा उक्त परियोजना बनाएको थियो । आयोजनाले १८ असारमा निर्माण सम्पन्न गरी १५ दिन परीक्षण उत्पादन गरेको थियो । त्यो सफल भएपछि व्यावसायिक उत्पादन सुरु गेको हो । परियोजनाको बिजुली नुवाकोटको समुद्रटार सबस्टेसनमा स्विचयार्डमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको हो । 

यो परियोजनाबाट वार्षिक ६१.३१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । कम्पनीले साधारण सेयर (आइपिओ)समेत निष्कासन गर्न अघि बढाएको छ । यसको निवेदन अहिले नेपाल धितोपत्र बोर्डमा विचाराधीन छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ । आयोजनाले ३ चैत ०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।