मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १५ आइतबार o८:३७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजनीतिक प्रतिशोधमा मुद्दा चलाइयो : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार o८:३७:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको सन्दर्भ जोड्दै उनले राजनीतिक प्रतिशोधकै कारण आफूमाथि मुद्दा लगाइएको बताए ।

समाजवादी प्रेस संगठन, नेपालको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेपालले कानुनअनुसार नै तत्कालीन मन्त्रिपरिषद्ले पतञ्जलीलाई जग्गा दिने निर्णय गरेको स्पष्ट पारे ।

‘ममाथि मुद्दा चलाइएको छ । हदबन्दीभन्दा बढी जग्गा दिने निर्णय गरेको र उक्त जग्गा बिक्री गर्न दिने काम गरेको भनिएको छ । सरकारी र सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गर्ने काम गरेर भ्रष्टाचार भयो भनिएको छ । कानुनबमोजिम सम्बन्धित सबै निकायको सिफारिसमा मन्त्रिपरिषद्ले सर्वसम्मत निर्णय गरेर जग्गा दिइएको छ,’ उनले भने । 

मन्त्रिपरिषद्ले राजनीतिक समितिमा समेत पठाएर निर्णय गरेको पनि उनले बताए । उनले आफ्नो क्याबिनेटमा विद्या भण्डारी, शंकर पोखरेल, सुजाता कोइराला, भीम रावल, मीनेन्द्र रिजाललगायतका मन्त्री रहेको पनि स्मरण गरे ।