प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता

शनिबार, १४ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । सिन्ह्वाका अनुसार दुईबिच चीनको तियान्जिन सहरमा भेटवार्ता भएको हो ।

सांघाई सहयोग संगठन एससिओको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आजै चीन पुगेका हुन्। चीन भ्रमणका क्रममा ओलीले राजधानी बेइजिङमा आयोजना हुने सैन्य परेडमा पनि सहभागी हुने कार्यक्रम छ।

सुझावित समाचार