मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
२o८२ भदौ ७ शनिबार o५:४२:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भदौ ७ देखि १३ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार o५:४२:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको भदौ ७ गते शनिबारदेखि भदौ १३ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसँग मनोरञ्जन गर्ने अवसर जुर्नेछ । प्रेमको बन्धन कसिनेछ । मनोरञ्जनपूर्ण यात्राका योग बन्नेछन् । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । सेयरबजारबाट सोचेअनुसारको सफलता मिल्नेछ । साताको अन्त्यमा परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यको साथ पूर्ण रूपमा मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ व्यवसायबाट मनग्य आम्दानी हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकारमा रमाउनुका साथै भेटघाटमा पनि  राम्रै सफलता मिल्ने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । व्यावसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । मांगलिक कार्य अगाडि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) इच्छाएको जिम्मेवारी प्राप्त हुने समय आएको छ । खानपानमा खर्च गर्न मन हौसिनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिवेलाको समय विगतका कमी–कमजोरी सम्झने होइन, बुद्धिको उपयोग गरी भाग्य बढाउने हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साताको प्रारम्भमा पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुका साथै रमाइलो वातावरणमा समय व्यतीत गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेले नाम तथा दाम दुवै कमाउन सक्नेछन्, समयलाई उपयोग गर्न सके फाइदा लिन सकिनेछ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहनेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको प्रारम्भमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभ समाचारको आगमनले मन प्रसन्न रहनेछ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । शैक्षिक यात्राको योग रहेकाले यात्रा फलदायी रहनेछ । साताको अन्त्यमा आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताको प्रारम्भमा धार्मिक यात्राको योग रहेकाले मनमा खुसियाली छाउनेछ ।विदेशमा बसेर काम गर्नेका लागि समय अनुकूल छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन आर्जन गर्न सकिनेछ । घरमा मांगलिक कार्यको थालनी हुनेछ । आफन्तसँग बसेर महत्वपूर्ण निर्णयमा सबैको साथ र सहयोग प्राप्त हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साताको प्रारम्भमा केही घरायसी समस्याको समाधान गर्नुपर्ने समय छ । कामको चाप र दायित्व बढ्नेछ । साझेदारी र सट्टापट्टाबाट बेफाइदा देखिन्छ । जुवाजन्य क्रियाकलापमा चासो नराखेको नै राम्रो हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काममा लगानी गर्दा अभिभावकको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । बुधबार  र बिहीबार रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्ने योग रहेको छ । वैवाहिक कार्य अगाडि बढ्नेछ । ढिला भएका कामले गति लिनेछन् । नयाँ सम्बन्ध कायम हुनेछ । साताको अन्त्यमा खुसीको वातावरण सिर्जना हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अभिभावकसँगको सम्बन्धमा सुधार आउनेछ । ढिलै भए पनि तपाईंले भनेजसरी नै काम सम्पन्न हुनेछ । बुधबारदेखि आफन्तबाट टाढिनुपर्नेछ  व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । लगानी सुरक्षित हुने वातावरण बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेका कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ । बुधबारपछि बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । छोटो दूरीको यात्रा फलदायी रहला । सरकारी तथा निजी क्षेत्रमा पुन: प्रयत्न गरे अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिवृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुनेछ । साताको अन्त्यमा अकस्मात् धन कमाउने योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजन प्राप्त हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने वेला छ । आम्दानीमा कमी हुनेछैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुंग हुनेछ । साताको अन्त्यमा अचल सम्पत्ति हात पर्नेछ ।